२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ। प्रधनमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि बैठक सुरु भएको हो।
पार्टीभित्र देखिएको समस्या समाधानको विषयमा छलफल गर्न बैठक बसेको सांसद विशाल भट्टराईले जानकारी दिए।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला राखेपछि एमालेमा संकट देखिएको बेला प्रधानमन्त्री केपी ओलीले संसदीय दलको बैठक राखेका हुन्।
बैठकलाई नेपाल–खनाल पक्षका सांसदहरुले भने बहिष्कार गरेका छन्। बैठकमा सहभागी हुन हिँडेका नेपाल–खनालका सांसद बीचबाटोबाटै फर्किएर राष्ट्रिय कार्यकर्ता भेला भइरहेको सानेपाको हेरिटेज गार्डेनमा पुगेका छन्।
बैठकमा यसअघि कतै नहुलेका सांसद लालबाबु पण्डित, पार्टी एकता राष्ट्रिय अभियानमा लागेका सांसद तुलशा थापा पनि सहभागी रहेको बतालुवाटार स्रोतले बतायो। तुलसा बामदेव गौतमकी श्रीमती हुन्। बामदेव माधव नेपाल तिर खुने तयारीमा छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij