Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कान समातेर उठबस गरे माफी दिने नत्र डण्डा बर्साउने भन्दै ओलीले अगाडी बढाए यस्तो प्रक्रिया

कान समातेर उठबस गरे माफी दिने नत्र डण्डा बर्साउने भन्दै ओलीले अगाडी बढाए यस्तो प्रक्रिया


  • 10.0K
    Shares

    कान समातेर उठबस गरे माफी दिने नत्र डण्डा बर्साउने भन्दै ओलीले अगाडी बढाए यस्तो प्रक्रिया

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल सहितका नेतालाई कारबाही गर्ने संकेत गरेको भोलि पल्टै आज नेकपा एमालेले गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरूलाई आह्वान गरेको छ ।

    बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

    माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् । दलको बैठकले आत्मालोचनासहित फर्किन आग्रह गरेको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १३:२४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij