Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले भाटा हान्ने निश्चित भएपछि ३ नम्बर गेट बाटै यी सांसद सहितको टोली फर्काउन माधवले गरे फोन 

ओलीले भाटा हान्ने निश्चित भएपछि ३ नम्बर गेट बाटै यी सांसद सहितको टोली फर्काउन माधवले गरे फोन 


  • 7.5K
    Shares

    ओलीले भाटा हान्ने निश्चित भएपछि ३ नम्बर गेट बाटै यी सांसद सहितको टोली फर्काउन माधवले गरे फोन 

    काठमाडौं । बिहान ११ बजे बालुवाटारमा बोलाइएको नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएर भए पनि पार्टी एकतालाई जोगाउने उद्देश्यका साथ हेरिटेज गार्डेनबाट पाँच वटा गाडीमा गएका सांसदहरूलाई अन्ततः नक्साल, पुतलीसडक,थापाथली,बागमती पुल नपुग्दै बीच बाटोबाट फिर्ता बोलाइएको छ ।

    पार्टी विभाजनतर्फउन्मुख अध्यक्ष केपी शर्मा ओलीका प्रत्येक कदमलाई रोक्न र आफ्नो समूहलाई पार्टी विभाजन गरेको आरोप नलागोस् भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले नै दुई दर्जनभन्दा बढी माननीयलाई बालुवाटारतर्फ पठाएका थिए । बालुवाटार हान्निएका गणेश पहाडी,दीपक प्रकाश भट्ट,जसकुमार राई,सोमप्रसाद पाण्डेलगायतका सांसदहरू जाँदाजाँदै बीच बाटो बाटै फर्किएका हुन्। 

    झपट रावलहरू चढेको गाडी प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा पुग्नै लागेको थियो तर सानेपाबाट गएको फोनका कारण दायाँ मोडिएर फर्कियो । स्रोतका अनुसार त्यसबीचमा उत्पन्न नयाँ परिस्थितिअनुसार अध्यक्ष ओली आफूहरूले जति कोशिस गर्दा पनि पार्टी एकताको पक्षमा नरहेको खबर आएपछि नेपालले उहाँहरूलाई ‘फर्किनुहोस्’ भनेका हुन्  ।

    बालुवाटारतर्फ गएका माननीयहरू समेत फर्केपछि हेरिटेज गार्डेनमा भइरहेको अगुवा कार्यकर्ता भेलाका सहभागीहरूले १० वटा समूहमा विभाजन गरेर चलाइएको छलफलको रिपोर्ट प्रस्तुत हुन थालेको छ । लुम्बिनी प्रदेशका भागवत बिश्वासीको प्रतिवेदन प्रस्तुतिपछि अहिले सुदूर पश्चिमबाट भानुभक्त जैसीको पालो आएको छ । स्रोतका अनुसार सहभागी कोही पनि विभाजनको पक्षमा देखिएका छैनन् । उनीहरूले पार्टी एकतालाई जोगाउने गरी रणनीति र कार्यनीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

    तर,उनीहरूले अध्यक्ष ओली समूहबाट हुनसक्ने अस्वाभाविक पेलाइ र अवैधानिक कदमलाई भने कदापि सहन नहुने सुझाव दिएका छन् ।

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १३:११:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij