Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारतमा एकैदिन भेटिए ३६००० कोरोना संक्रमित

भारतमा एकैदिन भेटिए ३६००० कोरोना संक्रमित


  • 7.1K
    Shares

    भारतमा एकैदिन भेटिए ३६००० कोरोना संक्रमित
    images

    भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या लगातार बढिरहेको छ । बुधबार ३५,८३८ मानिसहरु कोरोनाद्वारा संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १७,७९३ बिरामी निको भए भने १७१ को मृत्यु भएको छ ।

    यसका साथै उपचार गराइरहेका बिरामी अर्थात् एक्टिभ संक्रमितको आँकडा २ लाख ४९ हजार १ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा एक्टिभ संक्रमितमा १७,८६२ को वृद्धि भएको छ ।

    नयाँ संक्रमितको आँकडा ५ डिसेम्बरपछि अर्थात् १०१ दिनमा सबैभन्दा धेरै हो । ५ डिसेम्बरमा ३६,०१० संक्रमित भेटिएका थिए ।

    भारतमा हालसम्म कूल १ करोड १४ लाख ७४ हजार ३०२ जना यो महामारीको चपेटमा आइसकेका छन् । १ करोड १० लाख ६१ हजार १७० निको भएका छन् जबकी १ लाख ५९ हजार २५० मानिसहरुको मृत्यु भएको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - ११:१३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij