Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपालले पठाएको कोसेली केपी ओलीले किन गरे फिर्ता ? ओलीले माधवलाई किन देख्न सकेनन् 

माधव नेपालले पठाएको कोसेली केपी ओलीले किन गरे फिर्ता ? ओलीले माधवलाई किन देख्न सकेनन् 


  • 11.5K
    Shares

    माधव नेपालले पठाएको कोसेली केपी ओलीले किन गरे फिर्ता ? ओलीले माधवलाई किन देख्न सकेनन् 

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन नेतृत्वलाई ६ वटा प्रस्ताव गरेको बताएका छन्। आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ६ बुँदे म्यासेज पठाए पनि त्यसलाई अध्‍यक्ष केपी शर्मा ओली पक्षले वेवास्ता गरेको आरोप लगाएका हुन्।

    सर्वोच्चको फैसलापछि एमाले कमिटीको बैठक बस्ला भनेर आशा गरेको र सचिवालय बैठक बोलाएको भए पनि अल्पमतमा पर्ने डरले अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले रोकेको उनको भनाइ छ।

    ‘पछिल्लो समयमा हामीले फेरि बैठक बस्ने आशा गरेका थियौं। म्यासेज पनि पठायौं। ६ वटा कुरा गर्‍यौं,’ नेता नेपालले भने।

    नेता नेपालले म्यासेजमार्फत पठाएका ६ बुँदा

    १) एकता हुनुभन्दा पूर्वको एमालेको संगठनात्मक संरचना, राजनीति, वैचारिक मान्यताहरु, त्यसका सबै नेतृत्वहरु र सबै सदस्यहरु यथावत रहनेछन्। यहीँबाट प्रास्थान विन्दु हुनेछ। (हामीले पहिला पनि भनेका थियौं। अहिले पनि यसमै छौं।)

    २) अबदेखि पार्टीलाई विधि र पद्धतीको आधारमा, संगठनात्मक सिद्धान्तको आधारमा सञ्चालनरपरिचालन गरिनेछ।

    ३) पार्टीका बैठकहरु कसैको निजी निवास हुनेछैन। सरकारी निवासमा हुनेछैन। पार्टी कार्यालयमा हुनुपर्दछ।

    ४) फेरि सिंगो कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाएर लैजाने प्रयासलाई अगाडि बढाउनुपर्छ।

    ५) यो सरकारलाई वामपन्थीकै सरकारका रुपमा अगाडि लैजाने काम गर्नुपर्छ।

    ६) सरकार सञ्चालन गर्दा पार्टीको मार्गदर्शनमा चल्नुपर्छ।

    ‘के यी बेठिक कुरा हुन्रु,’ कार्यकर्तालाई माधव नेपालले प्रश्न गरे। यो प्रस्तावलाई लत्याएर ओलीले फागुन २८ गते बालुवाटारमा गुट भेला राखेर विधान विपरीत काम गरेको नेता नेपालको आरोप थियो।

    ‘२८ गते गुट भेला गरियो। हामी कसैलाई जानकारी दिइएन। आफ्नो मन पर्ने मान्छेको भेला राख्नुभयो। चैत ७ गते बाह्रौ केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ,' उनले भने। उनका अनुसार माओवादीसँग एकताअघि नवौं बैठक बसेको थियो। '१० औ र ११ औं बैठक कहाँ गयो ?,' नेता नेपालले प्रश्न गर्दै थपे, 'यी बैठकमा हस्ताक्षर गराएर आफूखुसी निर्णय गर्नुभयो। इन्चार्जबाट हटाइयो। पदाधिकारी हटाइयो।’

    यस बिचमा ओलीले नेता नेपाललाई बोलएका थिए। नेपालका अनुसार भेला रोक्न भनेका थिए, ओलीले। तर, २८ गतेको निर्णयबाट पछि हट्न चाहिँ ओलीले अस्वीकार गरेका थिए। 'हामीलाई गल्ती गर्‍यौ सच्चिनुस् भन्नुभयो। तर आफूले सबै ठीक गरेको जस्तो प्रस्तुत हुनुभयो,' नेपालले भने, 'केपी ओलीको अहंकार र दम्भले पार्टी छिन्नभिन्न पार्न खोजेको हामीलाई आभाष भयो।’

    २८ गते ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गरेका थिए। त्यसै दिन नेकपा माओवादी केन्द्रका नेताहरुलाई नेकपा एमालेको केन्द्रीय सदस्यता प्रदान गरिएको थियो जसको नेपाल पक्षले विरोध गर्दै आएको छ। बालुवाटारमा ओली पक्षीय केन्द्रीय सदस्यहरु मात्र भेला भएर यस्तो निर्णय भएको थियो।

    २८ गतेको त्यही भेलाको निर्णय फिर्ता लिन भन्दा ओलीको नियत राम्रो नदेखिको नेता नेपालको टिप्पणी थियो।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १६:४४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij