Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

ओलीको राजीनामा माग्दै माधव नेपालले कार्यवाहक नेतृत्वको दाबी सहित फ्याँके यस्तो तुरूप 

ओलीको राजीनामा माग्दै माधव नेपालले कार्यवाहक नेतृत्वको दाबी सहित फ्याँके यस्तो तुरूप 


  • 8.0K
    Shares

    ओलीको राजीनामा माग्दै माधव नेपालले कार्यवाहक नेतृत्वको दाबी सहित फ्याँके यस्तो तुरूप 
    images

    काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पार्टीमा कार्यवाहक नेतृत्वको तयारीलाई आगामी कामको रुपमा सारेका छन् । प्रतिवेदनमा नेकपा एमाले र कम्युनिस्ट एकताको रक्षाका लागि कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने प्रस्ताव अगाडि सारिएको हो ।

    नेकपा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आगामी काम भन्दै २०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनस्र्थापना गर्नुपने भनिएको छ । उक्त दिनसम्म एमाले पार्टी थियो र ३ जेठमा माओवादीसँग एकता गरी नेकपा गठन भएको थियो । तर, २३ फागुनको अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतियो ।

    प्रस्तावमा विधिविधानको पुनस्र्थापना र विकास र गुटका निर्णयहरु खारेज गर्नुपर्ने विषय उल्लेख छ । २८ फागुनका अध्यक्ष ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गर्ने निर्णय गरेका थिए । यो निर्णयको खारेजी प्रस्तावमा राखिएको छ । निष्कर्षमा पार्टी अध्यक्ष ओलीको कदमलाई तानाशाही र स्वेच्छाचारी भन्दै त्यसको विरोध गर्न र एमाले एकताको रक्षा गर्दै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आव्हान गरिएको छ ।

    यसैगरी, प्रस्तावमा दुईवटा मुख्य चुनौती उल्लेख छ । जसमध्ये संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामथ्र्यमा खतरा र कम्युनिस्ट पार्टी तथा समाजवाद विरोधी शक्तिको खतराको विषय समेत छ ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १६:०८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij