Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीलाई थप बिच्क्याउन माधव पक्षको भेलामा उठ्यो यस्तो कुरा, एैया भन्नै नपाउने गरि कसले गर्दैछ कारवाही ?

ओलीलाई थप बिच्क्याउन माधव पक्षको भेलामा उठ्यो यस्तो कुरा, एैया भन्नै नपाउने गरि कसले गर्दैछ कारवाही ?


  • 8.2K
    Shares

    ओलीलाई थप बिच्क्याउन माधव पक्षको भेलामा उठ्यो यस्तो कुरा, एैया भन्नै नपाउने गरि कसले गर्दैछ कारवाही ?

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले काठमाडौंमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी तीन महिनाको कार्यभार बनाउने भएको छ । 

    ललितपुरको एक होटलमा जारी बृहत् राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । 

    बुधबार सुरु भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । 

    १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

    बैठकले प्राप्त सुझावका आधारमा आगामी तीन महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पािरत गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए ।

    मुलभूत रुपमा वर्तमान परिवेशमा पार्टी एकता कायम गरि नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने पनि उनले बताए ।

    सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफुहरु कार्यकर्ता भेला गरि उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले बताए ।

    उनले भने, “एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउँदै पार्टी अध्यक्ष केपी ओली ले जुन प्रकारका हर्कतहरु देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौ । पछिल्लो शृङ्खला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कैयौँलाई पार्टी जिम्मेबारीबाट हटाउने र कारवाही गर्ने भन्ने  स्थिति आएपछि हामी यो निष्कर्षमा पुग्यौ कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्दछ । यो पार्टीलाई एकतावद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महसुस भइसकेपछि हामी यो ठाउँमा आइपुगेका हौ ।”

    उनले एकताका साथ अघि बढ्नका लागि भेलाले उर्जा दिने विश्वास आफुहरुले लिएको बताए ।

    उनले भने, “उहाँले कति कारवाही गरेर जानुहुन्छ, त्यो पनि हामी हेर्नेवाला छौँ । हामी उहाँहरुलाई भन्न चाहन्छौँ तपाईं कारवाही गरेर देखाउनुहोस् । आजदेखि हामी कारवाहीका लागि लामवद्ध हुदैछौँ २५ सय कार्यकर्ताहरु यहाँ लामवद्ध भएर । केपी ओली कमरेडलाई हामी भन्न चाहन्छौँ तपाईं कारवाही गरेर देखाउनुहोस् । कारवाही गर्दै जाने हो भने त उहाँ पनि बाँकी रहनुहुन्न नि त । उहाँ भोलि गएर एैया पनि भन्न नसक्ने अवस्थामा पुग्नुहुन्छ ।”

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १४:४१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij