Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाललाई त्यागेर ओलीतिर आउनेको लाग्न थाल्यो लर्को, यी मन्त्री र सांसदले माधवलाई हाने किक 

नेपाललाई त्यागेर ओलीतिर आउनेको लाग्न थाल्यो लर्को, यी मन्त्री र सांसदले माधवलाई हाने किक 


  • 11.2K
    Shares

    नेपाललाई त्यागेर ओलीतिर आउनेको लाग्न थाल्यो लर्को, यी मन्त्री र सांसदले माधवलाई हाने किक 

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधब नेपाल सहित उनको खेमाका नेताको जिम्मेवारी खोस्दै कारवाही गर्ने संकेत दिए पछि नेपाललाई छोडेर ओली तिर आउनेको लर्को लाग्न थालेको छ। 

    माधव नेपाल पक्षका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सांसद पदम रोकाया संस्थापन एमालेतिर लागेका छन् । माधव नेपाल पक्षका उनीहरु आज संस्थापन एमालेतिर लागेका हुन् ।

    एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलसँगको छलफलपछि उनीहरु संस्थापन एमालेतिर लाग्ने भएका हुन् । बुढा र रोकाया प्रवेश गरेपछि एमाले संसदीय दलको बैठक बस्दैछ ।

    सांसद पद्मा खड्का हिजो माधव नेपाल पक्ष छाडेर संस्थापन एमालेमा लागेकी थिइन् । अब कर्णाली प्रदेशमा संस्थापन एमालेमा सभामुखसहित १२ सांसद हुनेछन् भने माधव नेपाल पक्षमा ८ जना सांसद मात्र बाँकि रहनेछन् ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १३:१६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij