२०८२ भाद्र ३ गते मंगलवार
प्रधानमन्त्री केपी ओलीको राजनीतिक बिरासत भनेकै झापा आन्दोलन हो । हो त्यहि झापा आन्दोलनका पहिलो गुरिल्ला कमाण्डर मोहनचन्द्र अधिकारी नेकपा एमाले माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा पुगेका छन् ।
८४ वर्षीय अधिकारी भर्खरै भेलामा पुगेको त्यहा सहभागी एक नेताले जानकारी दिए । अधिकारीले आफूले बनाएको पार्टीको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताएका छन् । ‘यो पार्टी ०२४ सालमा म समेतले बनाएको हो, आज यहाँ आउँदा खुशी लागेको छ,’ उनले भने ।
एमालेमा दुई धार देखिएकोबारे अधिकारीले आफूले क्रान्तिकारी पार्टीलाई साथ दिने बताएका छन् ।
त्यसैगरी भेलामा नेताहरु सिद्धिलाल सिंह,प्रदिप नेपाल, कमल कोइराला र राधाकृष्ण मैनालीको समेत सहभागिता रहेको छ । मैनाली सहितका नेतालाई ओलीले उहिल्यै किनारा लगाएका हुन् ।
एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, ३ जना उपाध्यक्ष, २ जना सचिव एकजना उपमहासचिव र अन्य धेरैजना जेष्ठ कम्युनिष्टहरु भेलामा उपस्थित भइ सकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij