Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सेनामा किन मच्चिन्छ यौनकाण्ड ? सेनाका १३ अधिकृत यौन सम्बन्धकै कारण यसरी भए बर्खास्त !

सेनामा किन मच्चिन्छ यौनकाण्ड ? सेनाका १३ अधिकृत यौन सम्बन्धकै कारण यसरी भए बर्खास्त !


  • 31.1K
    Shares

    सेनामा किन मच्चिन्छ यौनकाण्ड ? सेनाका १३ अधिकृत यौन सम्बन्धकै कारण यसरी भए बर्खास्त !

    नेपाली सेनाका एक सहायक रथी (ब्रिगेडियर जनरल) पंकज कार्की र  मेजर (सेनानी)लाई सैनिक अदालतले बर्खास्त गर्ने निर्णय गर्‍यो। उनीहरुविरुद्धको आरोप थियो- सैनिक आचरण र अनुशासनविपरीत कसुर गरेको।

    यी दुई जनाबीचको यौन सम्बन्धलाई लिएर नेपाली सेनाको समरी सैनिक जनरल अदालतले  सैनिक ऐन २०६३ अन्तर्गत दुवै जनालाई सेवाबाट हटाउने निर्णय गरेको हो। २ वर्षअघि सर्वोच्च अदालतले फौजी संगठनभित्र तल्लो र माथिल्लो दर्जाका व्यक्तिबीच मञ्जुरीमै यौन सम्पर्क भए पनि त्यसलाई सहमति भएको मान्न नसकिने नजिर स्थापित गरेको थियो।

    सैनिक संगठनभित्र तल्लो दर्जाको व्यक्ति माथिल्लो दर्जासँग चेनअफ कमाण्डमै रहने भएकाले उनीहरुबीच यौन सम्बन्धका लागि हुने सहमतिलाई इच्छापूर्वक भएको नै हो भन्ने अवस्था नरहने सर्वोच्चको फैसलामा उल्लेख छ। सह सेनानी (क्याप्टेन) भुपेन्द्र खड्का र महिला कुचीकारबीच भएको सहमतीको यौन सम्बन्धबारे सर्वोच्चको त्यो फैसला थियो। त्यसअघि ती दुवै जनालाई समरी सैनिक जनरल अदालतले सेवाबाट हटाउने निर्णय गरेको थियो।

    समरी सैनिक अदालतले २०६९ पुस ५ गते खड्का र ती महिला सैनिकलाई सेवाबाटै बर्खास्त गर्न आदेश दिएको थियो। आदेशलाई सैनिक विशेष अदालतसमेत २०७० कात्तिक ४ गते सदर गरेको थियो। सैनिक अदालतको आदेशविरुद्ध खड्काले २०७० चैत १३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरे। रिटमा सैनिक सेवामा पुर्नबहालीको माग गरेका थिए।

    पछिल्लो घटनामा सेवाबाट हटाइएका सहायक रथी  कार्की सिरहास्थित नेपाली सेनाको २८ नम्बर बाहिनीका बाहिनीपतिका रुपमा कार्यरत थिए।

    केहि महिनाअघि कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका अधिकृत र जवानबीच कुटपिट भएको घटना बाहिर ल्याउने सैनिक बर्खास्तीमा परेका परेका थिए। कुटपिट भएको तस्विर मिडियामा पठाउने सैनिक जवानलाई समरी सैनिक अदालतले बर्खास्त र ६ महिना जेल सजाय गर्ने फैसलाा सुनाएको थियो।

    कुटपिट गर्ने सैनिक अधिकृतलाई एक वर्ष बढुवा रोक्का गरिएको थियो। कुटाइ खाने जवानलाई नसिहत दिइएको थियो। मादक पदार्थ सेवन गरेर सैनिक जवानले होहल्ला गरेपछि अधिकृतहरुले उनीहरुलाई पिटेको आरोप थियो। सैन्य अनुशासनविपरितका गतिविधिलाई सेनाले शून्य सहनशिलतासहित कारबाही गरिरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लब पौडेल बताउँछन्।

    गत बैशाखदेखि फागुनसम्म नेपाली सेनामा जर्नेलसहित १३ जना अधिकृत सेवाबाट बर्खास्त भएका छन्। तीमध्ये एक जनालाई कैद सजायसमेत भएको छ।  ८ जनाको बढुवा रोक्का गरिएको छ भने २ जनाको दर्जा घटुवा गरिएको छ। ५ जनालाई नसिहत र १६ जनालाई सचेतपत्र दिइएको नेपाली सेनाले जनाएको छ।

    यो अवधिमा अधिकृतभन्दा तल्ला दर्जाका एक सय २९ जना सैनिक कर्मचारीहरु बर्खास्त भएका छन्। तीमध्ये ५९ जनालाई कैद सजायसमेत भएको नेपाली सेनाले जनाएको छ। एक सय ९८ जनाको बढुवा रोक्का, ८५ जनाको दर्जा घटुवा र ५१ जनालाई नसिहत दिइएको छ भने एक सय ७६ जनाले सचेत पत्र पाएका छन्। २०७७ सालमा ५ जना सैनिक अधिकृत बर्खास्त भएका थिए। तीमध्ये तीन जनालाई कैद सजाय पनि भएको थियो। अधिकृतभन्दा तल्लो दर्जाका २ सय ८२ जना बर्खास्त भएका थिए। तीमध्ये १ सय ९२ जनालाई कैद सजाय पनि सुनाइएको थियो।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १२:१२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij