Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जब बर्षमान पुन संग ओलीको नजर जुध्यो, अनि फिस्स हाँस्दै ओलीले पुनलाई के-के सोधे ?

जब बर्षमान पुन संग ओलीको नजर जुध्यो, अनि फिस्स हाँस्दै ओलीले पुनलाई के-के सोधे ?


  • 13.6K
    Shares

    जब बर्षमान पुन संग ओलीको नजर जुध्यो, अनि फिस्स हाँस्दै ओलीले पुनलाई के-के सोधे ?

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सकिएपछि संसद भवन पुगेका थिए । बालुवाटारमा आफैले आयोजना गरेको चियापान कार्यक्रम छोट्याएरओली संसद नपुग्दै बैठक भने सकिएको थियो।  संसद् भवन पुगेर बाहिरिने क्रममा ओली र नेकपा ९माओवादी केन्द्र०का प्रभावशाली नेता वर्षमान पुन 'अनन्त'बीच जम्काभेट भयो ।

    प्रतिनिधि सभा विघटनअघि वर्षमान ओलीकै क्याबिनेट मन्त्री थिए । तत्कालीन ऊर्जामन्त्री पुनले पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

    सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली र पुनको पार्टी छुट्टाछुट्टै भएको छ ।

    प्रतिनिधि सभा भवनबाट बाहिरिने क्रममा सिँढीमै प्रधानमन्त्री ओलीसँग जम्काभेट भएपछि वर्षमानले नमस्कार गरे ।

    ओलीले प्रत्युत्तरमा सोधे– आरामै हुनुहुन्छ ?

    वर्षमानले जवाफ फर्काए– आराम छु प्रधानमन्त्रीज्यू । त्यसपछि प्रधानमन्त्री ओली फिस्स हाँसे, वर्षमान पनि मुस्कुराए ।  

    संयोग कस्तो भने त्यसकै केही समयअघि बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न आग्रह गरेको थियो ।

    बैठकपछि वर्षमानले नै सञ्चारकर्मीहरूलाई निर्णयबारे जानकारी गराएका थिए । उनले ओलीको चर्को आलोचना समेत गर्ने गरेका छन्।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १६:४२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij