Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राष्ट्रपति निम्तो गर्ने तारन्तार, यी तीन पूर्वप्रधानमन्त्रीले निम्तो गरे सोझै बहिष्कार 

राष्ट्रपति निम्तो गर्ने तारन्तार, यी तीन पूर्वप्रधानमन्त्रीले निम्तो गरे सोझै बहिष्कार 


  • 8.6K
    Shares

    राष्ट्रपति निम्तो गर्ने तारन्तार, यी तीन पूर्वप्रधानमन्त्रीले निम्तो गरे सोझै बहिष्कार 
    images

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ४ बजेका लागी गरेको निम्तो मान्न प्रचण्ड र शेर बहादुर देउवा शितलनिवास पुग्ने क्रममा छन् ।  

    शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका हुन् । दुबैजना पूर्व प्रधानमन्त्री हुन् । 

    त्यस्तै, जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । नेता बिष्णु रिजालका अनुसार नेता नेपाल र खनाल राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन् ।

    नेकपा माओवादी केन्द्रबाट भने अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी हुने श्रेष्ठले जानकारी दिए ।

    राष्ट्रपति भण्डारीले बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल गर्न  ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी हुन् जसलाई तीन पूर्व प्रधानमन्त्रीले बहिस्कार गरेर अर्थ पूर्ण संदेश दिएका छन । प्रधानमन्त्री ओली सहित देउवा र प्रचण्ड सहितका अन्य नेता सहभागी छन् ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १६:२३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij