Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर ओलीले उद्घाटन गर्ने !

नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर ओलीले उद्घाटन गर्ने !


  • 6.6K
    Shares

    नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर ओलीले उद्घाटन गर्ने !

    नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको बताएका छन् ।

    बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनीसमेत दिए ।

    भट्टराईले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’

    भट्टराईले कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रहसमेत गरे ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १५:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij