Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मंगलबार तनहुँका ८ पालिकाले दिए सार्वजनिक बिदा

मंगलबार तनहुँका ८ पालिकाले दिए सार्वजनिक बिदा


  • 3.4K
    Shares

    मंगलबार तनहुँका ८ पालिकाले दिए सार्वजनिक बिदा

    तनहुँ । मगर दिवसको अवसरमा मगर बाहुल्य पालिकाहरूले सार्वजनिक बिदा घोषणा गरेका छन् । तनहुँका ८ पालिकामा बिदा घोषणा गरिएको हो । मङ्गलवार ४२ औँ मगर स्थापना दिवस मनाइँदै छ ।

    तनहुँका शुक्ल गण्डकी, भीमाद र भानु नगरपालिका तथा म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर र देवघाट गाउँपालिकाले बिदा घोषणा गरेका हुन् । उनीहरुले कार्यपालिका बैठकबाट बिदाको निर्णय गरेका हुन् ।

    स्थानीय तहका कार्यालय, वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, बैैंक, वित्तीय संस्था, निजी सङ्घसंस्था र सबै विद्यालयमा बिदा हुने प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङघाली परिवार संघको पहिलो महाधिवेशन भएको दिनलाई मगर स्थापना दिवसको रूपमा मनाउन थालिएको हो ।

    प्रकाशित मिति :फाल्गुण १४ २०८० सोमवार - २१:२०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij