Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देउवाले बुई बोकेको भएर त्यसैको बलमा ओलीले फाँफाँ-फूँ-फूँ गरेको भन्दै रामचन्द्रले खोले यस्तो पोल 

देउवाले बुई बोकेको भएर त्यसैको बलमा ओलीले फाँफाँ-फूँ-फूँ गरेको भन्दै रामचन्द्रले खोले यस्तो पोल 


  • 6.4K
    Shares

    देउवाले बुई बोकेको भएर त्यसैको बलमा ओलीले फाँफाँ-फूँ-फूँ गरेको भन्दै रामचन्द्रले खोले यस्तो पोल 

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाकै कारण प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा टिकिरहन सफल भएको बताएका छन्।

    पूर्णप्रसाद–मायादेवी शान्ति पुरस्कार वितरण गर्ने कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सभापतिकै कारण पार्टीले कुनै निर्णय नगरेको आरोप लगाएका हुन्।


    ओली सरकार ढाल्नको लागि सभापति देउवालाई आफूले पटक–पटक भनेको उनको दाबी छ।

    ‘मैले राजधानीबाहिर निस्किँदा पनि पार्टी सभापति देउवालाई फोनमार्फत सरकार ढाल्न आग्रह छु’, पौडेलले भने, ‘पार्टी अनिर्णयको बन्दी बन्नुहुँदैन भन्ने कुरामा मैले निकै जोड दिएँ।’

    ‘शशांक निवासमा हामीले बैठक बसेको बेलामा पनि सभापतिजीलाई फोन गरेर मैले दोधारमा बस्नुहुन्न भनेको थिएँ। जनता समाजवादी पार्टीले जे–जे गर्छु भनेर ओलीले भनेको छ हामी पनि गरौँ। माओवादी केन्द्रसँग मिलेर ओली सरकार ढालिदिऔँ भनेको हो। अहिलेसम्म केही निर्णय नभएकोमा अचम्ममा छु।’

    पौडेलले कांग्रेसकै कारण जसपा सरकारमा नआएको हो भने कुनै पनि बेला राजनीति उल्टो दिशामा जान सक्नेतर्फ सचेत गराए।

    ‘कांग्रेसले कुनै निर्णय नगर्ने हो भने राजनीति अर्कै दिशामा जानसक्छ। देशमा थरिथरिका खेलाडीहरु छन्। अन्तर्राष्ट्रिय खेल पनि हुनसक्छ, यिनीहरुको हातमा जाने अवस्था हुन दिनुहुन्न’, पौडेलले भने।

    प्रदेश सरकारसमेत ढाल्न आफूले सुझाव दिएको तर सभापति मौन बसेको भन्दै वरिष्ठ नेता पौडेलले यसमा रहस्य लुकेको शंका गरे।

    ‘दुईवटा प्रदेश सरकारमा अविश्वासको प्रस्ताव आएको अवस्था र केन्द्रको केपी ओली सरकार संकटमा परेको बेला तीनै सरकार ढलाउन आफूले भने पनि सभापतिले मान्नुभएन, उहाँको उदासीनता रहस्यमय लागिरहेको छ’, पौडेलले भने।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १४:२३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij