२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रतिनिधिसभा बैठक आईतबार पनि बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । नेकपा एमालेसहितका प्रतिपक्षले भने तीन मन्त्रीको राजिनाममा सहित सरकारले ससदलाई वेवास्था गरेको आरोप लगाइ रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij