Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अर्बपति चौधरी अर्काको जग्गा हडप्न रच्दैछन् यस्तो प्रपन्च, राज्यको दोहन गर्न किन मान्छन् सन्च ?

अर्बपति चौधरी अर्काको जग्गा हडप्न रच्दैछन् यस्तो प्रपन्च, राज्यको दोहन गर्न किन मान्छन् सन्च ?

  • 8.8K
    Shares

    अर्बपति चौधरी अर्काको जग्गा हडप्न रच्दैछन् यस्तो प्रपन्च, राज्यको दोहन गर्न किन मान्छन् सन्च ?

    काठमाडौं । कर र भ्याट छलेर अझ राज्यको महत्वपूर्ण निकायका मान्छे खरिद गरेर राज्यको दोहन गर्दै आएको चौधरी ग्रुप र त्यसका मुखिया बिनोद चौधरी हरदम बिबादमा आईरहन्छन। 

    पूर्व राजपरिवारको सम्पत्तिमा आफ्नो साम्राज्य फैलाएको आरोप लाग्दै आएको चौधरी समूहले अहिले पनि शक्तिको आडमा आफ्नो प्रभाव जमाइरहेका छन् । आफु अनुकुल हुने गरी सरकारी नीति नियम बनाउन लगाउनेदेखि सरकारी सम्पत्तिमा रजाई गरेर उनले आफ्नो व्यापार चम्काइरहेका छन् ।

    पुल्चोकमा रहेको राष्ट्रिय सहकारी बोर्डको जग्गा चौधरी समूहले बिना भाडा तीन वर्षदेखि प्रयोग गरीरहेको छ । सुरुमा सोही कम्पनीलाई जग्गा लिजमा दिने निर्णय भएकोमा पछि सम्झौता तोडिएको थियो । तर, जग्गा खाली हुन सकेको छैन, कम्पनीले बोर्डलाई भाडा पनि तिरेको छैन ।

    सो समूहले एक आईएनजिओको जग्गामा पनि आँखा लगाएको छ । थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपाल संस्थाको ६ रोपनी जग्गा सस्तोमा खरिदका लागि चलखेल भइरहेको छ । थापाथली हाइटमा रहेको बहुमूल्य जग्गा हात पार्न चौधरीले अदालतको सहारा लिएका छन् ।

    सो आइएनजिओले लगानी गरेको बुटवल हाइड्रो पावर कम्पनीमा चौधरी ग्रुपको शेयर छ । उक्त शेयर भारतको कोस्टर इण्डिया लिमिटेडले विनोद चौधरीमार्फत लगानी गरेको थियो । कम्पनी घाटामा गएको देखाएर कोस्टरलाई चौधरीले धोका दिएका छन् । हिमालयन हाइड्रोमा चौधरीको ७५ प्रतिशत शेयर भए पनि उक्त जग्गा युनाइटेड मिशनको स्वामित्वमा छ । विदेशी एनजीओले जग्गामा लगानी गर्न पाउँदैन भन्दै चौधरीले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । युनाइटेड मिशनले उक्त जग्गा हिमाल हाइड्रोको नाममा राखेकोले चौधरीलाई जग्गा पचाउन सजिलो भएको हो ।

    उता सो कम्पनीले नबील बैंकमा अवैध रुपमा गरेको लगानीको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ । कालो धनलाई सेतो बनाउनका लागि सो समूहले विदेशमा कम्पनी खडा गरी विदेशबाट लगानी ल्याएको देखाएर बैंकमा लगानी गरेको थियो । यस विषयमा राष्ट्र बैंकले हालै बैंकलाई पत्राचार गरेको छ । र चौधरी उक्त छानबिनमा तानिनेछन्।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १४:००:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij