Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव-खनाल ग्याङ्गमा लागेका सबैलाई ओलीले यसरी बर्साउदैछन् कारबाहीको डण्डा 

माधव-खनाल ग्याङ्गमा लागेका सबैलाई ओलीले यसरी बर्साउदैछन् कारबाहीको डण्डा 


  • 7.2K
    Shares

    माधव-खनाल ग्याङ्गमा लागेका सबैलाई ओलीले यसरी बर्साउदैछन् कारबाहीको डण्डा 

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल तथा माधव नेपाल समूहलाई कारबाही गर्ने संकेत गरेका छन् ।  बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले आफूलाई कारबाही गरेर पार्टीबाट हटाएको स्मरण गर्दै यस्तो बताएका हुन् । 

    ‘एउटै पार्टीमा बसेर अराजकता, विधि विधान विपरीतका क्रियाकलापमा छुट हुने छैन र मान्य हुने छैन ।अचाक्ली भयो । भाडभैलो मच्चाउने काम हुन सक्दैन,’ उनले भने, ‘अनुशासनहीन भयो भने पार्ट‍ीको विधान छ, संसद नियमावली छ । दलसम्बन्धी कानुन छ । यी सबैको ध्यानाकर्षण गर्न चाहन्छु । मनपरी हिड्न कसैलाई छूट हुँदैन । कोही पनि कानुनभन्दा माथि कोही हुँदैन ।’ 

    उनले खनाल–नेपाल समूह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी फुटाएको र आफूलाई कारबाही गरेको पनि बताए । ‘एक ढंगले पार्टी फुटाइएकै थियो । अध्यक्षलाई कारबाही गरिएको थियो । महासचिवलाई हटाएको थियो । बाटैबाट अध्यक्ष निकाल्दिनु भयो। बाटैमा अध्यक्ष बनाइदिनु भयो,’ उनले भने, ‘मलाई त साधारण सदस्यबाट पनि निष्काशित गरेकै हो । जंगलको राज चलाउने विधि पद्धतिका कुरा गर्ने ?’ 

    उनले पार्टी २०७५ जेठ ३ अघिको अवस्थामा फर्कियो भन्दै छुट्टै बैठक बसेको भन्दै आपत्ति जनाए । ओलीले नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलातर्फ नजर लगाइरहेको पनि बताए । 

    ‘भोलि भेला छ रे । नेकपा एमालेसँग कोही नेता वा कार्यकर्ता गुटगत भेला नगर्नरनगराउन, नजान सम्पूर्ण कार्यकर्तालाई सजग सचेत गराउन चाहन्छु । आग्रह गर्न चाहन्छु’ उनले भने, ‘आलोचना गर्न पाइन्छ । सच्चिएर काम गर्नुपर्छ । तर, फेरि उही धन्दा त्यो चाहिँ चल्दैन । तमासा गर्न पाइँदैन । जग हसाइँ गर्न पाइँदैन ।  पार्टीको चियापानमा नजाने, अध्यक्षले आह्वान गरेको चियापानमा नजाने । प्रधानमन्त्रीको चियापनमा नजाने । कसका चियापानमा जानुहुन्छ ?’ 

    ओलीले नेपाल समूह चियापान समारोहमा किन नआएको आफूलाई थाहा भएको भन्दै भने, ‘सबैलाई थाहा छ तर नभनौँ । एकथरि अनुहार देखिएन आज। राम्रो लक्षण होइन । कुनै कारणले आउनु भएन भन्‍ने ठान्छु । भोलि कता भेला छ रे एक नजर त्यता राखिनेछ ।’

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १३:५१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij