२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा सभामुख अग्निप्रसाद सापकोटा बाधक बनेको आरोप लगाएका छन्। सभामुखले सेटिङ्ग गरेर संविधान कार्यान्वयन हुन नदिएको उनले बताएका छन्।
‘अधिवेशन प्रारम्भ भएको पहिलो दिन अध्यादेश पेश गर्ने संवैधानिक व्यवस्था छ,’ बालुवाटारको चियापान कार्यक्रममा ओलीले भने,‘सरकारको तर्फबाट मन्त्रीज्यूले अध्यादेश पेश गरिरहनु भएको थियो। कार्यसूची बदलेर सभामुखजीले मन्त्रीजी एकछिन पर्खनुस् भनेर बोल्न दिएनन्। बलजफ्ती सरकारलाई संवैधानिक दायित्व पूरा गर्नबाट रोकियो।
संविधान कार्यान्वयनप्रति सभामुखकै प्रतिबद्धता नदेखिएको ओलीले आरोप लगाए।
‘संविधान कार्यान्वयनप्रति सभामुखको जुन प्रतिबद्धता हुनपर्ने थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका सेटिङ्गबाट संविधानको कार्यान्वयन रोकियो,’ ओोलीले भने।
उनले संसदलाई निष्प्रभावी बनाउने प्रयास भइरहेको भन्दै उनले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुने जिकिर गरेका छन्।
मुद्दा लडेर फिर्ता ल्याइएको संसद आफैंले चल्न नदिने र बहिष्कार गर्ने काम भइरहेको उनको भनाइ छ। ‘संसदलाई निष्प्रभावी बनाउने प्रयास भएको छ,’ ओलीले भने,‘दलीय र गुटगत खिचातानीको थलो बनाउन नहुने हाम्रो प्रयास छ। संसदलाई विकास, सामाजिक न्याय र समानताको दिशामा काम गर्ने थलो बनाउनु पर्दछ। तर, त्यसरी चलाउन दिइएको छैन, चलाइएको छैन।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij