Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने भन्दै माधव नेपाललाई ओलीले दिए यस्तो चेतावनी 

एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने भन्दै माधव नेपाललाई ओलीले दिए यस्तो चेतावनी 


  • 9.0K
    Shares

    एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने भन्दै माधव नेपाललाई ओलीले दिए यस्तो चेतावनी 

    काठमाडौं । माधव नेपाल पक्षको राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान,कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।

    केन्द्रीय सदस्य तथा सांसदहरूलाई बालुवाटारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बुधवारबाट हुने भनिएको माधव नेपाल पक्षको भेलामा सहभागी नहुन एमाले नेता कार्यकर्तालाई सचेत समेत गराए । ओलीले अब एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने बताए ।

    ओलीले भने, ‘अनुशासनहीन भएमा देशको कानून, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ । यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहान्छु । भोलिको गुटगत भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउँछु ।’

    एमालेमा कसैमाथि अन्याय नहुने र विधि पद्धतिका नाममा बाटोबाटै अध्यक्ष र संसदीय दलको नेता हटायौं भन्ने छुट पनि नहुने ओलीले बताए । हिजो एकदमै अपराध गर्नले आज पनि तमासा देखाउन खोजेको भन्दै ओलीले त्यतातिर पनि एक नजर रहने उनले चेतावनी दिए ।

    ओलील भने, उनीहरुले त अध्यक्ष र महासचिवलाई निष्कासन गरे । दलको नेतालाई बाटोबाटै हटायौं भने । उनीहरु यस्ताखाले विधि पद्धति रुचाउँछन् । तर, एमालेमा अब त्यो छुट कसैलाई छैन । अब उप्रान्त अराजकता, उच्छृखंलता, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन, यी कुरा मान्य हुने छैनन् ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १३:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij