२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरेको चियापान समारोह सुरू भएको छ ।
चियापन समारोहमा ओली समूहमा रहेका सबैजसो केन्द्रीय सदस्य र सांसदहरु पुगेका छन् भने नेता माधवकुमार नेपाल समूहमा रहेका केही सांसदहरु उपस्थित भएका छन् ।
“पार्टी एकता कायम हुनुपर्छ भन्ने केही सांसदहरु आउनुभएको छ,जो हिजोसम्मै माधव नेपालसँगै हुनुहुन्थ्यो,” बालुवाटार स्रोतले भन्यो । को-को साम्सद छन् त भन्ने प्रश्नमा उनले पछि थाहा हुने जानकारी दिए।
माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका प्रभावशाली नेताहरु भने ओलीले आयोजना गरेको चियापान समारोहमा उपस्थित छैनन् । तर उनीहरु संगै भएका भनिएका एक धर्जन बढीको उपस्थिती रहेको बालुवाटार श्रोतको भनाई छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij