२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । राजनीति पेचिलो बन्दै जाँदा सत्ताधारी खेमाका साम्सद र ओली पक्षका नेताले बालुवाटारमा रमाइलो गर्न थालेका छन्।
नेकपा एमाले पुनःस्थापित भएको खुसियालीमा प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका सांसद र केन्द्रीय सदस्यहरु नाचेका हुन् ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापानमा सहभागीहरूलाई गायक बैकुण्ठ महतले छमछमी नचाएका हुन् ।
महतले ‘एकता तोडेर नजाउ साथी हो’ भन्ने गीत गाएपछि यसअघि प्रचण्ड-माधव पक्षमा हस्ताक्षर गरेकी सांसद माया ज्ञवालीसमेत नाचेकी थिइन् । महत र प्रिया भण्डारीले यो गीत पुस ७ गते नेकपा फुटेपछि गाएका थिए ।
चियापानमा माधव नेपाल पक्षका नेताहरू भने सहभागी भएका छैनन् । ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका हुन् ।
माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ । तर, अध्यक्ष ओलीले ती सबै विषय केन्द्रीय कमिटी बैठकमा छलफल गरिने भन्दै नेपाल पक्षको शर्त अस्वीकार गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij