Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले लफडा : ओली, नेपाल र वामदेवले गरे एकै समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना

एमाले लफडा : ओली, नेपाल र वामदेवले गरे एकै समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना


  • 6.4K
    Shares

    एमाले लफडा : ओली, नेपाल र वामदेवले गरे एकै समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना

    काठमाडौं । हिजो (सोमवार)  धुम्बाराहिमा भेटेका नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताहरुबीचको तिक्तता र दूरी झनै बढ्ने संकेत देखिएका बेला आज (मंगलवार) पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

    ओलीले ११ बजेका लागि बालुवाटारमा चियापान आह्वान गरेकै समयमा वामदेव गौतम समूहले कलंकीमा कार्यक्रम आयोजना गर्नुलाई सत्तारुढ दलको विवाद चुलिएको छ भनेर सहजै बुझ्न सकिन्छ ।

    एमालेका तीन समूहका बेग्लाबेग्लै कार्यक्रमहरु आजका लागि तय गरिएको छ ।

    पार्टी अध्यक्ष ओलीले डाकेको बैठकमा नजाने अडान लिएका माधव कुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ।  सोही कार्यक्रमबारे जानकारी दिन २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका सो समूहले सार्वजनिक गरेको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १०:०२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij