२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताका विषयमा आफूनिकट केन्द्रीय सदस्य तथा सांसदहरुलाई जानकारी गराउने भएका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको छलफलका विषयलाई आफू निकटका सांसद् तथा केन्द्रीय कमिटी सदस्यहरुलाई ब्रिफिङ गर्ने भएका छन् ।
बानेश्वरको एक होटलमा ब्रिफिङको कार्यक्रम आयोजना गरिएको नेपाल पक्षका एक नेताले जानकारी दिए । ‘४ बजे आउनु भनिएको छ’, उनले भने ।
धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो। तर, बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको नेताहरुको प्रतिक्रिया छ।
छलफलमा नेपाल पक्षले अदालतले निर्णय गरे अनुसार पूर्ववत् अवस्थामा पार्टीलाई लैजानुपर्ने र फागुन २८ गतेको निर्णय रद्द हुनुपर्ने प्रस्ताव गरेका थिए। तर, ओलीले भने फागुन २८ को निर्णय रद्द नहुने प्रष्ट पारेका थिए।
'२८ गतेको निर्णय विधान बमोजिम छु, ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'निर्णय मान्ने भए आउनुस्, नभए के गर्न सक्छु र ?'
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij