Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादी केन्द्रको बैठक सकियो, के भयो निर्णय ?

माओवादी केन्द्रको बैठक सकियो, के भयो निर्णय ?


  • 6.4K
    Shares

    माओवादी केन्द्रको बैठक सकियो, के भयो निर्णय ?

    काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरावलोकन गर्ने भएको छ ।

    सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले नेकपा पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता समीमकरणका लागि छलफललाई तिव्रता दिने निर्णय गरेको छ ।

    आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीका विषयमा कुनै निर्णय नगरेको उनले जानकारी दिए । उपाध्यक्ष श्रेष्ठले मन्त्रीहरुले अहिलेसम्म कुनै जवाफ नदिएको बताए ।

    आजको बैठकमा जनार्दन शर्मा, पम्फा भुसाल, शक्ति बस्नेत, जयपुरी घर्ती, प्रकाश पोखरेल, खिलाराम आचार्य, रामचन्द्र झालगायतका २० जना केन्द्रीय सदस्यहरुले आफ्ना भनाई राखेका थिए । बैठक पुनः केही दिन पछाडि बस्ने उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १५:५२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij