२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पनि जारी छ ।
आइतबार सुरु भएको बैठकको दोस्रो दिन विभिन्न एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जका तर्फबाट रिपोर्टिङ, छलफल, सुझाव र टिप्पणी, विधान, संगठनात्मक काम र पार्टी अनुशासन कारबाही, कार्यकर्ता भेला, पार्टीको नाम परिवर्तनसहित कम्युनिस्ट पार्टीबीच एकतासम्मका एजेन्डा पेस भएका थिए ।
आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठले वर्तमान राजनीतिक परिस्थितिबारे र सात प्रदेशका इन्चार्जले सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij