Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

धुम्बाराहीमा २ घण्टादेखि वार्ता जारी, भित्रभित्रै के पकाउँदैैछन् ओली-नेपाल ?

धुम्बाराहीमा २ घण्टादेखि वार्ता जारी, भित्रभित्रै के पकाउँदैैछन् ओली-नेपाल ?


  • 9.6K
    Shares

    धुम्बाराहीमा २ घण्टादेखि वार्ता जारी, भित्रभित्रै के पकाउँदैैछन् ओली-नेपाल ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेताबीच पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल चलिरहेको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा सोमवार बिहान सवा ११ बजे दुवै पक्षका नेताबीच शुरू भएको छलफल २ घण्टादेखि जारी छ ।

    बैठकमा अध्यक्ष ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत नेताहरू सहभागी छन् । 

    नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरू सहभागी छन् । बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले एकतर्फी रूपमा गरेको निर्णय फिर्तालाई ‘बटमलाइन’ बनाएको छ । 

    चैत्र ७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो । प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपालबीच यसरी औपचारिक छलफल भएको थिएन । 

    सोमवारको बैठकमा माधव नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी छैनन् । बैठकअघि माधव नेपाल पक्षका नेताहरूबीच छुट्टै छलफल भएको थियो । सहमतिकै आधारमा ६ नेताहरू वार्ताका लागि धुम्बाराही गएका हुन् । 

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १३:३३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij