२०८२ फाल्गुण २१ गते बिहिवार
अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको खोप आफूले तत्काललाई प्रयोग नगर्ने नेदरल्यान्ड्सले घोषणा गरेको छ।
यस खोपको सम्भावित प्रतिकुल असरलाई मध्यनजर गर्दै खोप प्रयोग तत्काल नगर्ने निर्णय गरिको नेदरल्यान्ड्स सरकारले जानकारी दिएको हो।
आगामी मार्च २९ सम्म यो खोप प्रयोगमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ। हालैमात्र आयरल्यान्डले पनि यो खोप प्रयोग नगर्ने बताएको थियो।
नर्वेमा यसै खोपको प्रयोगपछि रगत जमेको घटना सार्वजनिक भएको थियो। तर विश्व स्वास्थ्य संगठनले उक्त खोप र रगत जम्नुमा कुनै सम्बन्ध नभएको बताएको थियो।
युरोपेली औषधि सम्बन्धी एजेन्सी इएमएले खोप लगाएपछि रगत जमेको विषयको समीक्षा गरिरहेको छ।
उक्त एजेन्सीले अनुसन्धान गरिरहँदा खोपका फाइदाहरू त्यसका जोखिमहरू भन्दा बढी भएको बताएको छ।डेनमार्क, नर्वे, बुल्गारिया, आइसल्यान्ड तथा थाइल्यान्डमा पनि अक्सफोर्ड–एस्ट्राजेनिकाको खोप प्रयोग रोकिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij