२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज सोमबार बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
सभामुखको सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको हो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटन सर्वोच्च अदालतले बदर गरी फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो ।
पुन:स्थापनापछि पहिलोपटक फागुन २३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । २६ गते दोस्रोपटक प्रतिनिधिसभा बैठक बसेको थियो ।
दुवै बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक बसेको थिएन । सत्तारूढ दलभित्रको विवादका कारण कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij