Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

ओली र नेपालबीच पार्टी कार्यालयमा भेटवार्ता हुँदै

ओली र नेपालबीच पार्टी कार्यालयमा भेटवार्ता हुँदै


  • 6.2K
    Shares

    ओली र नेपालबीच पार्टी कार्यालयमा भेटवार्ता हुँदै

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालबीच करिब ४ महिनापछि भेटवार्ता हुने भएको छ । यी नेताहरूबीच गत कात्तिक २५ गते भेटवार्ता भएको थियो ।

    ओली र दाहालबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुने बताइएको छ । सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र न‍ेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा संवादहिनताको अवस्था रहेको थियो ।

    स्रोतका अनुसार भेटमा ओली र नेपालसँगै दुबै पक्षका अरू केही नेताहरूपनि सहभागी हुनेछन् । नेपालपक्षबाट माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावल तथा घनश्याम भुसाल र ओली पक्षबाट उनीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी हुने बताइएको छ।

    प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा नेता नेपालसहित सो समूहका मुख्य नेताहरूको जिम्मेवारी खोसेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओलीले २३ जना पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेका थिए ।

    आइतबार एमालेका वरिष्ठ नेता नेपाल र खनालसहित ११ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष ओलीले गरेको निर्णय नमान्ने घोषणा गर्दे ओलीको निर्णयलाई वैधानिकता नदिन निवार्चन आयोगमा पत्र बुझाएका थिए ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १०:५५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij