Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुदूरपश्चिममा संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन

सुदूरपश्चिममा संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन


  • 2.4K
    Shares

    सुदूरपश्चिममा संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा प्रदेश संसदीय दलको नेता परिवर्तनपछि लफडा भएको छ । एक पक्षले प्रदेश संसदीय दलको नेता परिवर्तन गरे लगत्तै उक्त निर्णय तत्काल सच्याउन प्रदेश कमिटीले निर्देशन दिएको छ ।

    प्रदेश अध्यक्ष हरिराम चौधरी(उत्सव) को अध्यक्षतामा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो ।

    संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन सरकार परिवर्तन गर्ने भन्नेबारेमा ध्यानाकर्षण भएको भन्दै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

    ‘यही मिति २०८० माघ १२ गते नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रदेश कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा,विधि विपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौँ कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।’

    प्रदेश कमिटीले संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्नसमेत आग्रह गरेको छ ।

    शुक्रबार बसेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका बहुमत सांसदको बैठकले भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई बनाउने निर्णय गरेको थियो ।

    Maoist-supa.jpg

    प्रकाशित मिति :माघ १४ २०८० आइतवार - १०:३१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij