Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डले बादललाई पठाए यस्तो पत्र, ‘पहिले यता थियौ, अहिले उता गएको सुनियो, वास्तविकता के हो ?

प्रचण्डले बादललाई पठाए यस्तो पत्र, ‘पहिले यता थियौ, अहिले उता गएको सुनियो, वास्तविकता के हो ?


  • 9.9K
    Shares

    प्रचण्डले बादललाई पठाए यस्तो पत्र, ‘पहिले यता थियौ, अहिले उता गएको सुनियो, वास्तविकता के हो ?

    काठमाडौं । माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पार्टीको नामको बारेमा सामान्य छलफल भएपनि टुंगोमा नपुगिएको स्रोतले बताएको छ ।

    त्यसबारे भोलि निर्णय हुने सम्भावना रहेको सहभागी एकजना केन्द्रीय सदस्यले बताएका छन् । एमाले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिएर माओवादी केन्द्रबाट मन्त्री भएकाहरूलाई कारबाहीको लागि २४ घण्टाको समय उल्लेख गरेर आज पत्र पठाउने काम हुनै लागेको बताइएको छ ।

    पत्रमा ‘पहिले यता थियौ,अहिले उता गएको सुनियो,वास्तविकता के हो ? २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिनु’ भन्ने व्यहोरा लेखिएको स्रोतको दाबी छ । आजको बैठकमा मन्त्रीमा गएका र एमाले केन्द्रीय सदस्य बनेका बाहेक अरु सबैको उपस्थिति रहेको केन्द्रले जनाएको छ । बैठक सकेर प्रचण्ड माधव नेपालको घरमा खाजा खान र दुख सुखका कुरा गर्न गएको अर्का एक नेताले बताए।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १७:०८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij