२०८२ भाद्र २ गते सोमवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।
माओवादीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठक सकेर प्रचण्ड एमाले नेता नेपाललाई भेट्न गएका हुन्। प्रचण्डसँगै माओवादीको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पनि नेपाल निवास पुगेका छन्।
प्रचण्ड र नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउनुअघिको नेकपामा प्रचण्ड र नेपाल सँगै थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एउटा पक्षको नेतृत्व गर्दा प्रचण्ड र नेपालले अर्को पक्षको नेतृत्व गरिरहेका थिए।
तर, फागुन २३ गते सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई खारेज गर्दै साविक एमाले र माओवादी केद्र ब्युँताएको थियो। त्यसपछि दुई पार्टी अलग अलग भएका थिए।
एमालेमा ओली पक्षले एकलौटी निर्णय गर्न थालेको भन्दै नेपाल पक्ष चिढिएको छ। शुक्रबार स्थायी कमिटीको भेला राखेको नेपाल पक्षले शनिबार केन्द्रीय सदस्य र सांसदहरूको भेला गरेको थियो। नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij