२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढि खुद नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस अवधीसम्ममा बैंकले १ अर्ब ७२ करोड ६४ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक बर्ष २०७९/८० को तुलनामा १.५५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ खर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद नाफामा आएको सामान्य गिरावटसंगै बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशतले घटेर २ अर्ब ६३ करोड १४ लाख २१ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक बर्षको सोहि अवधीसम्ममा बैंकको यस्तो नाफा २ अर्ब ८४ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको थियो ।
यस्तै, बैंकको खरब कर्जा पनि ०.७२ प्रतिशतबाट बढेर १.६० प्रतिशत पुगेको छ । जसका कारण पनि नाफामा पनि असर परेको छ । ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९५ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
पुस मसान्तसम्ममा वितरणयोग्य नाफा पनि ३७.०६ प्रतिशतले घटेर १ अर्ब १३ करोड १७ लाखमा आएको छ । खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानीमा पनि सामान्य गिरावट आएको छ । प्रतिसेयर आम्दानी ५७ पैसाले घटेर ३६.६२ रुपैयाँमा आइपुगेको छ । प्रतिसेयर नेटवर्थ २०५.५८ रुपैयाँ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij