Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीका सल्लाहकारको लंगडो खोसले राज्यको करोडौ स्वाहा, दुई करोडको कार्पेट फेर्न दिए आदेश 

ओलीका सल्लाहकारको लंगडो खोसले राज्यको करोडौ स्वाहा, दुई करोडको कार्पेट फेर्न दिए आदेश 


  • 11.8K
    Shares

    ओलीका सल्लाहकारको लंगडो खोसले राज्यको करोडौ स्वाहा, दुई करोडको कार्पेट फेर्न दिए आदेश 

    काठमाडौँ । दशौ करोड खर्चेर अझ भब्य तामझाम सहित उद्घाटन गरिएको प्रधानमन्त्री कार्यालयको निर्माणमा प्रधानमन्त्री ओलीका सल्लाहकारको लंगडो सोख तगारो बन्दिएको छ। दुःख छ प्रधानमन्त्रीका सल्लाहकारहरूलाई । ठेकेदार पोस्नकै लागि फागुन ३ गते हतारहतार प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय उद्घाटन गरियो । दुई साता नबित्दै अहिले त्यही भवनका भित्री भाग प्वाल पार्न र भत्काउन भ्याइ नभ्याइ छ ।

    हतपतको काम लतपत भयो भन्दै प्रमका सल्लाहकारहरू कराउन थालेपछि उनीहरूलाई खुशी पार्ने नाममा भित्री भाग भत्काउने क्रमले तीव्रता पाएको हो । प्रधानमन्त्रीको सल्लाहकार टिममा विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा, लालशंकर घिमिरे, मोतीलाल दुगडदेखि अस्गर अलि, बाबुराम दाहाल र गजेन्द्र थपलियासम्म छन् । तिनका निम्ति कार्यकक्ष भुइँतलामा छुट्ट्याइएको छ । झण्डै ९८ करोड खर्चेर (करसहित) निर्माण कम्पनी शर्मा न्यू टेक्निकल र शर्मा माइक्रोटेक (न्यू टेक्निकल जेभी)ले दुई चरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्निर्माण गरेका थिए । ३० प्रतिशत काम बाँकी हुँदै तिनै निर्माण कम्पनीलाई पोस्ने उद्देश्यले हतारहतार प्रधानमन्त्रीको हातबाट उद्घाटन गराइएको थियो । यी कम्पनीले सम्झौता गर्दा ११ फागुनभित्र सक्ने भनिएको थियो तर ८ दिनअघि प्रधानमन्त्रीको हातबाट उद्घाटन गराउँदा झण्डै ९ करोड नाफा भयो । 

    सबैभन्दा जटिल मानिएको प्रम कार्यालयको पश्चिमी मोहडाको ठेक्काचाहिँ शर्मा – गौरी पार्वती न्यू टेक्निकल जेभीले पाएको छ । जसको मूल्य अभिवृद्धि करबाहेक ४६ करोड ८८ लाख लाग्नेछ । त्यो मोहडाको काम समापन हुन अझै कम्तीमा असारसम्म कुर्नुपर्छ । आफ्नो कार्यकक्ष ‘कल सेन्टर’ जस्तै भएको सल्लाहकारहरूको गुनासोपछि उद्घाटन भएको दुई साता नबित्दै फेरि भत्काउने क्रमले निरन्तरता पाएको हो । पार्टिसन गरिएका भाग भत्काएर फराकिलो बनाउन, रंगरोगन, कार्पेट पूरै फेर्न सल्लाहकारबाट निर्देश भएको छ । कार्पेट मात्र दुई करोडको लगाउने टुंगो भएको छ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १३:५२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij