२०८२ पौष ११ गते शुक्रवार
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि अस्पतालसम्म जान आउन नि:शुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।
पालिका भित्रका गर्भवती महिलाहरुलाई सुत्केरी गराउन पालिका भित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालहरुमा लैजान र ल्याउनका लागि पालिकाले नि:शुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन शुरु गरेको हो।
आर्थिक अभावका कारण गर्भवती महिलाहरुले घरमै सुत्केरी हुँदाको जाोखिम वहन गर्न नपरोस भन्ने उद्देस्यले गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवाको थालनी गरेको गाउँपालिका अध्यक्षको भनाई छ ।
गाउँपालिकाले पालिका भित्रका सवै वडाका नागरिकहरुमा सहज पहुँच पुग्ने गरी बुधबारदेखि बृहत एम्बुलेन्स सेवाको समेत थालनी गरेको छ । ‘‘ वडा नं ६, भूम्लिचोक स्थित भूम्लिचोक स्वास्थ्य केन्द्र, वडा नं १ स्थित मकैसिंङ प्राथामिक स्वास्थ्य केन्द्र र वडा नं ५ स्थित दर्बुङ स्वास्थ्य चौकीमा उपलब्ध गराइएका तीनवटा एम्बुलेन्सलाई परिचालन गर्ने गरी बृहत एम्बुलेन्स सेवा सुरु भएको गाउँपालिका अध्यक्ष 'साकारले' जानकारी दिए ।
बृहत एम्बुलेन्स सेवाबाट आवश्यकता पर्दा सवै वडामा सेवा दिनसक्ने गरी व्यवस्थापन भएको छ । बृहत एम्बुलेन्स सेवाबाट न्युन खर्चमा उपचारका लागि अस्पतालसम्म पुग्न गण्डकी गाउँपालिकाका नागरिकहरुलाई सहज हुने विश्वास गाउँपालिकाले लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij