Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

प्रचण्डले भने– संसद् पुनर्स्थापना अहिले हुँदैन

प्रचण्डले भने– संसद् पुनर्स्थापना अहिले हुँदैन


  • 1.7K
    Shares

    प्रचण्डले भने– संसद् पुनर्स्थापना अहिले हुँदैन

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्। 

    नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अब नेपाली कांग्रेस र नेकपा (एमाले) पनि चुनावतिरै जाने जिकिर गरे। कांग्रेस र एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनका लागि रिट हालेको भए पनि अब चुनावतिरै लाग्ने बताउँदै उनले भने, ‘निर्वाचनमा एकढिक्का भएर लाग्नुपर्ने छ। मलाई विश्वास छ, आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन्।’

    अब चुनावको विकल्प नभएको उनको भनाइ थियो। कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईं सबै र जनतालाई नै भन्न चाहन्छु– कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनर्स्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो।’

    निर्वाचनमा नगए देश थप दुर्घटनातिर जाने उनको भनाइ थियो। ‘निर्वाचन नभए थप अन्योल हुन्छ। थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ। अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ’, उनले भने। 

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १८:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij