२०८२ पौष ११ गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्।
नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अब नेपाली कांग्रेस र नेकपा (एमाले) पनि चुनावतिरै जाने जिकिर गरे। कांग्रेस र एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनका लागि रिट हालेको भए पनि अब चुनावतिरै लाग्ने बताउँदै उनले भने, ‘निर्वाचनमा एकढिक्का भएर लाग्नुपर्ने छ। मलाई विश्वास छ, आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन्।’
निर्वाचनमा नगए देश थप दुर्घटनातिर जाने उनको भनाइ थियो। ‘निर्वाचन नभए थप अन्योल हुन्छ। थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ। अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ’, उनले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij