Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि तयार ! नाम र चुनाव चिन्ह रास्वपाको

बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि तयार ! नाम र चुनाव चिन्ह रास्वपाको


  • 785
    Shares

    बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन रवि तयार ! नाम र चुनाव चिन्ह रास्वपाको
    images

    काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच एकताको अन्तिम प्रयास आज भइरहेको छ ।

    लामिछाने र बालेनका प्रतिनिधिहरुले सहमतिको खाकामा छलफल तिब्र पारेका छन् । लामिछानेका तर्फबाट रास्वपा उपसभापति डा.स्वर्णिम वाग्ले र शिशिर खनाल तथा बालेनका तर्फबाट उनका निकटम कुमार बेन र स्वकीय सचिव भूपदेव शाहले सहमतिको खाकालाई अन्तरिम रुप दिन छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ ।

    उनीहरु सहमतिमा पुगेपछि आजै बालेन र लामिछाने भेटेर सहमतिलाई अन्तिम रुप दिनसक्ने दाबि गरिएको छ । लामिछानेले आफ्नो कानुनी प्रक्रिया टुंगिन समय लाग्ने भएकाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी सार्न तयार भएको दाबि गरिएको छ । तर उनले रास्वपाको नाम र चुनाव चिन्हबाट नै बालेन चुनाव लड्नुपर्ने शर्त राखेको बुझिएको छ । त्यस्तै उनले पार्टीको नेतृत्व आफैले गर्ने स्पष्ट गरेका छन् । रास्वपाका एक नेताले बालेन पक्षले पार्टीमा भन्दा आगामी सरकारको नेतृत्वमा नै बढी चासो दिएको बताएका छन् । फागुन २१ को चुनावपछि एक किसिमको संक्रमणकालको अवस्था रहेकाले लामिछाने बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जान तयार भएको बुझिएको छ ।

    यसअघि सोमबार र विहिबार भएका भेटवार्तापछि बालेन र लामिछानेलाई आफु निकटहरुले सहमति गर्न दबाबसमेत दिएको पाइएको छ ।

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १७:०७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij