Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

प्रतिनिधिसभा निर्वाचनः प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

प्रतिनिधिसभा निर्वाचनः प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?


  • 757
    Shares

    प्रतिनिधिसभा निर्वाचनः प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन् । तर उनी कुन क्षेत्रबाट चुनाव लड्छन् भन्ने चासो बढेको छ । 

    शान्ति प्रक्रियामा आएपछि फरक फरक क्षेत्रबाट चुनाव लडेर जित्दै आएका प्रचण्ड यसपटक कुन क्षेत्र रोज्लान् भन्नेमा चासो बढेको हो । यद्यपि उनले अहिलेसम्म निर्वाचन लड्ने क्षेत्र यकिन गरिसकेका छैनन् । 

    नेकपाले राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबार बेलुकासम्म उम्मेदवार सिफारिस गरेर पठाउन प्रदेश र जिल्ला समितिलाई निर्देशन दिएको छ ।

    सबै जिल्लाबाट अन्तिम सूची आउने क्रम जारी रहँदा बागमती प्रदेशको नुवाकोट–१, सिन्धुली–२, रामेछाप, मधेसको महोत्तरी–४, गण्डकीको गोरखा–१ बाट प्रचण्डको नाम सिफारिस गरिएको छ । 

    यस्तै लुम्बिनीको रोल्पा, रुकुम पूर्व र सुदूरपश्चिमको कैलाली–३ बाट पनि उनी उम्मेदवार सिफारिस भएका छन् । यस्तै बागमतीकै काभ्रे–गण्डकीको कास्की–१ बाट पनि प्रचण्डको नाम सिफारिस हुनसक्ने सम्बन्धित प्रदेशका अध्यक्षले बताएका छन् ।

    सिफारिस भएका जिल्लामध्ये नुवाकोट– १ र सिन्धुली–२ बाट मात्र तत्कालीन नेकपा माओवादी केन्द्रले २०७९ को निर्वाचनमा जितेको थियो । 

    २०६४ सालको संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौँ–१० र रोल्पा–२ बाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्ड सिराहा–३ र काठमाडौँ–१० बाट उठेका थिए । त्यतिबेला काठमाडौँ–१० बाट पराजित भएका उनी सिराहा–३ मा झिनो मतले विजयी भएका थिए । 

    २०७४ सालमा एमाले र माओवादीबिच वाम गठबन्धनबाट चितवन–३ बाट निर्वाचनमा भाग लिएका प्रचण्डले भारी मतले विजयी भए । २०७९ सालमा पनि चितवन–३ बाट निर्वाचनमा उठ्ने भनिएपनि अन्त्यमा गोरखा–२ बाट उठेका थिए । गोरखा–२ पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले लगातार जितेको क्षेत्र हो । 

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १७:२९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij