Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यसरी गर्नुस् घरमै मेकअप

यसरी गर्नुस् घरमै मेकअप


  • 2.7K
    Shares

    • images
    यसरी गर्नुस् घरमै मेकअप
    images

    घरमै सिम्पल मेकअप गर्न सकिन्छ । मेकपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले मुख धोएर सफा कपडाले पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ । छालामा मोस्चराइजरको प्रयोग गरेपछि केही समय खुला छोडिदिनुपर्छ । यसले छाला नरम बनाउन मद्दत गर्छ । त्यस्तै, घाममा हिँड्दा सनस्क्रिन पनि लगाउन सकिन्छ ।

    मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किनअनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउँदा सुक्खा हुन्छ । मेकअप गरेको झन्डै १० मिनेटपछि अनुहारमा ग्लो आउँछ । 

    वाटरप्रुफ मेकअप
    गर्मीको समयमा बाहिर हिँड्दा पसिना, पानी, धुलोले मेकअप बिगार्ने समस्या अत्यधिक हुन्छ । यस्ता समस्याबाट छुटकारा पाउन वाटरप्रुफ मेकअप गर्न सकिन्छ । जसका लगि बजारबाट वाटरप्रुफ मेकअप प्रडक्ट खरिद गर्न आवश्यक हुन्छ ।

    न्युड मेकअप 
    न्युड मेकअप गर्दा एक त मेकअप गरेजस्तो देखिँदैन, अर्कोतिर सुन्दर पनि देखाउँछ । सिम्पल र आकर्षक मेकअपका लागि न्युड मेकअप गरिन्छ । न्युडमा सबै प्रकारका प्रडक्ट उपलब्ध हुन्छन् । बढी मेकअप गर्दा भद्दा हुने भएकाले पनि युवायुवती न्युड मेकअप गर्न रुचाउँछन् । 

    प्रकाशित मिति :माघ ५ २०८० शुक्रवार - ११:५३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij