Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पूर्वराजा ज्ञानेन्द्रले किन ओली संग मिल्न उर्दी जारी गरे ? बिपीकी नातिनी मनिषालाई के-के भने ?

पूर्वराजा ज्ञानेन्द्रले किन ओली संग मिल्न उर्दी जारी गरे ? बिपीकी नातिनी मनिषालाई के-के भने ?


  • 11.5K
    Shares

    पूर्वराजा ज्ञानेन्द्रले किन ओली संग मिल्न उर्दी जारी गरे ? बिपीकी नातिनी मनिषालाई के-के भने ?

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्रले आफ्ना हितैषी र उनीहरु संग भएको जनमत केपी ओलीको पोल्टामै हाल्न भित्र भित्रै उर्दी जारी गरेको तथ्य सतहमा आउन थालेको छ।  

    पूर्वराजा ज्ञानेन्द्रदेखि मनिषा कोइरालासम्मबाट संकेत पाइसकेका एक हुल पूर्वपञ्च केपी ओलीसँग मिल्न तम्तयार छन् । कारण हो, अब जे गर्छन्, उनैले गर्छन् भन्ने पूर्वराजाको विश्वास । यदि, केपीबाट पार नलाग्ने हो भने बरु कांग्रेसमा जाने । तर, कमल थापासँग रहन नसकिने निश्कर्षमा छन् उनीहरु ।

    राप्रपा महाधिवेशन संघारमा छ । पशुपतिसमशेर कमल थापासँग लडेर आफ्नो स्थिति सुरक्षित गर्ने अवस्थामा छैनन् । प्रकाशचन्द्र लोहनीसँग उति धेरै मान्छे नै छैनन् । यस्तो स्थितिमा कमल थापालाई जिताउनु भनेको राप्रपा र त्यो धारलाई नै सिध्याउनु हो भन्ने निश्कर्षमा पुगेका नेताहरु बलिउड अभिनेत्री मनिषा कोइरालालाई समेत तान्न खोज्दैछन् ।

    राप्रपाभित्र पशुपतिपक्षधर नेताले बृहद् सम्मेलन गरेर महाधिवेशनलाई प्रभावित पार्न खोजेका थिए । राजा र हिन्दू धर्ममध्ये अहिले राजाको मामिलालाई पछाडि राखेर हिन्दू राष्ट्रको एजेण्डा अगाडि बढाउनुपर्ने मान्यता उनीहरुको छ । यो कुरा केपी ओलीले बोक्ने कि काँग्रेसले रु जसले बोक्छ ऊतिर जान टोली तयार छ ।

    उनीहरु यसरी अलमल हुुनुमा पूर्वराजा ज्ञानेन्द्र र अभिनेत्री मनिषा कोइरालाबीचको संवाद पनि एउटा महत्वपूर्ण आधार बनेको बताइन्छ । केही दिनअघि कुनै एउटा रात्रिभोजमा भेट हुँदा ज्ञानेन्द्रले मनिषालाई भनेका थिए, ‘राजावादी भन्दै दशथरि मान्छे भेटेर नहिँड्नु ! अब हामीलाई सजिलो हुनेगरी जे गर्छन्, केपी ओलीले नै गर्छन् ।

    उनले आफ्नो लागि भनेर गरेका हरेक गतिविधिले हामीलाई फाइदा पुर्याउँछ । त्यसैले केपी ओलीको चर्केर विरोध पनि नगर्नु !’ यो कुरा यही आइतबार दिउँसो एकदेखि तीन बजेसम्म कान्तिपथस्थित होटल एल्लो पगोडामा पूर्व जर्नेल प्रेमसिंह बस्न्यात, दिलविकास राजभण्डारी, राजाराम श्रेष्ठ, श्याम लामा, दमन बस्नेतहरुको बीचमा निस्किएको हो । वकिल डाक्टर सुरेन्द्र भण्डारीको हवाला दिँदै धादिङस्थित राप्रपा नेपालका पूर्वसभापति श्याम लामाले उक्त टोलीलाई बताएका छन्, पूर्वराजाले भनेका यी कुरा ।

    उता, कमल थापाचाहिँ पशुपतिसमशेरलाई नयाँ पुस्ताबाट अध्यक्ष बनाउने भन्दै महाधिवेशन संयोजकका नाममा तीनजना भर्ति गर्न सक्रिय छन् । त्यसका लागि आफ्नो तर्फबाट दीपक बोहोरा, पशुपतिसमशेरको तर्फबाट दिलनाथ गिरीको नाम टुंगो लागिसकेको बताइन्छ । तर, प्रकाशचन्द्र लोहनीको तर्फबाट अहिलेसम्म नाम गएको छैन ।

    नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर राप्रपा हाँक्ने भन्दै फेरि कमल थापा पार्टीमा हावी हुन खोजेको भनी असन्तुष्टहरु पार्टी छोड्ने तयारीमा लागेका हुन् । भारतले पनि पछिल्ला दिनमा कमल थापालाई भाउ दिन छोडेको जानकारहरू बताउछन्।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १२:१६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij