Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

केपी ओली कप फुटबल फागुन ११ गतेदेखि सुरु हुने

केपी ओली कप फुटबल फागुन ११ गतेदेखि सुरु हुने


  • 2.3K
    Shares

    • images
    केपी ओली कप फुटबल फागुन ११ गतेदेखि सुरु हुने
    images

    काठमाडौं । दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि सुरु हुने भएको छ ।

    आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जनाएको हो । प्रतियोगिताको फाइनलबाहेकका अन्य खेलहरु एन्फा टेक्निकल मैदान च्यासलमा खेलाइने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने पनि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । प्रतियोगितामा विजयी टोलीलाई ११ लाख र दोस्रो हुने टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिने उनले बताए ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

    हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थेबेले खेलकुदको विकासका लागि चासो जगाउनका लागि प्रतियोगीता आयोजना गरिएको बताए ।

    प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।

    प्रकाशित मिति :माघ ३ २०८० बुधवार - १७:२०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij