Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यी नेतालाई डण्डा बर्साउन प्रचण्डले बोलाएको बैठक भयो सुरु, कारबाही पछि को-को रुदैछन् धुरुधुरु ?

यी नेतालाई डण्डा बर्साउन प्रचण्डले बोलाएको बैठक भयो सुरु, कारबाही पछि को-को रुदैछन् धुरुधुरु ?


  • 11.7K
    Shares

    यी नेतालाई डण्डा बर्साउन प्रचण्डले बोलाएको बैठक भयो सुरु, कारबाही पछि को-को रुदैछन् धुरुधुरु ?
    काठमाडौं । पार्टी छाडेर एमालेको केपी ओली समूहमा गएका नेतामाथि निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटि बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्था, सत्तासमीकरण र पार्टी छाडेर हिँडेका नेताका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार स्थायी कमिटी बैठक बोलाएको एक सदस्यले जानकारी दिए।
     
    बैठक अहिले पेरिसडाँडामा जारी छ ।
     
    सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू, टंक आङबुहाङ, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, दावा लामा र चन्द्रबहादुर खड्कालगायत नेता एमालेमै क्रियाशील भएका छन्।
     
    आजको बैठकमा पार्टी छाडेर हिँड्नेमाथि के गर्ने भन्ने विषयमा प्रक्रिया अगाडि बढाइने ती नेताले बताए। ‘पार्टी छाडेर हिँड्नेलाई यथाशीघ्र घर फर्कन भन्छौँ । उहाँहरूले मान्नुभएन भने पार्टी विधानअनुसार अगाडि बढ्नेछौं। यसको निर्णय आजको बैठकले गर्नेछ’, ती सदस्यले भने।
     
    एमालेले संकटका वेला पार्टी एकता र नेतृत्वको रक्षाका लागि दृढतापूर्वक उभिएको भन्दै पूर्वमाओवादी समूहका २३ जनालाई ओली समूहले केन्द्रीय सदस्य बनाउँदै विभिन्न जिम्मेवारीसमेत दिएको छ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७७ शनिवार - ०९:४७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij