Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधवलाई ओलीले ढाडमा टेकेर टाउकैमा घन बर्साएपछि प्रचण्डले बोलाएको बैठक शुरु,के छन् एजेन्डा ?

माधवलाई ओलीले ढाडमा टेकेर टाउकैमा घन बर्साएपछि प्रचण्डले बोलाएको बैठक शुरु,के छन् एजेन्डा ?


  • 10.7K
    Shares

    माधवलाई ओलीले ढाडमा टेकेर टाउकैमा घन बर्साएपछि प्रचण्डले बोलाएको बैठक शुरु,के छन् एजेन्डा ?
    काठमाडौं । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाएको स्थायी कमिटी बैठक सुरु भएको छ । विकसित राजनीतिक घटनाक्रम र केन्द्रीय कमिटीमा लैजाने एजेण्डा तय गर्न शनिबार बिहान नौ बजेका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक डाकेको र उक्त बैठक सुरु भएको माओवादी नेता गणेश साहले जानकारी दिए ।
     
    बैठकमा एमालेभित्र बढेको विवादका विषयमा पनि छलफल हुने बताइएको छ । सँगै नयाँ सत्ता समीकरणबारे पनि छलफल हुने साहले बताए ।
     
    नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियाे । माधव नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।
     
    यसअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रचण्ड–माधव नेपाल मिलेर आन्दोलन गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण २९ २०७७ शनिवार - ०९:२३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij