२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस भएका छन् । उच्च अदालतका मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाललाई आज बसेको न्यायपरिषद् बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।
सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश छन् भने चुँडाल वागमतीका मुख्य न्यायाधीश हुन् । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त थिए । यसपटक दुवै न्यायाधीश न्याय सेवाबाटै आएका छन् ।
न्यायपरिषद्ले उच्च अदालतका १८जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij