Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपालको सल्लाहपछि प्रचण्ड पार्टीको नाम फेर्न यसरी भए राजी, माधवले के स्वार्थले दिए सल्लाह 

माधव नेपालको सल्लाहपछि प्रचण्ड पार्टीको नाम फेर्न यसरी भए राजी, माधवले के स्वार्थले दिए सल्लाह 


  • 12.8K
    Shares

    माधव नेपालको सल्लाहपछि प्रचण्ड पार्टीको नाम फेर्न यसरी भए राजी, माधवले के स्वार्थले दिए सल्लाह 

    काठमाडौं । पटक पटक पार्टीको नाम फेर्दै आएका प्रचण्डले फेरी पार्टीको नाम फेर्ने कसरल थालेका छन्।  नेकपा माओवादी केन्द्रको नाम फेर्ने प्रचण्डको अन्तिम तयारी छ।

    हालसालै बसेको स्थायी समिति बैठकमा पार्टीको नाम फेर्ने विषयमा छलफल भएर सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उधृत गर्दै एक नेताले जनाए। पार्टीको नाम फेर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी समितिका अधिकांश सदस्यहरु सहमत देखिएका छन्।

    ‘माओवादी केन्द्र नाम परिवर्तन गर्ने सहमति स्थायी समिति बैठकले गरिसकेको छ तर अर्को के नाम राख्ने भन्ने छलफल भइरहेको छ’, प्रवक्ता श्रेष्ठलाई उधृत गर्दै ती नेताले भने, ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको छ।’

    एक जना युवा नेताका अनुसार सुरुमा केही युवा केन्द्रीय सदस्यहरुले यो पहल थालेका थिए। स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए।

    अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो। 

    ‘हाम्रो पार्टी भनेको जनयुद्ध लडेकाहरुको मात्र हो भन्ने देखियो,’ एक जना केन्द्रीय सदस्यले भने, ‘नयाँ तप्कालाई समेट्न पनि नाम परिवर्तन गरेर जानुपर्ने कुरा नेतृत्वलाई भनेका छौँ।’

    अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको हो।

    अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध प्रचण्डसँग एउटै समूहमा रहेका माधवकुमार नेपाल समूहले अलग भएर एमालेभित्रै रहेर संघर्ष गर्ने निर्णय गर्यो। यो निर्णय मुख्यतः एमालेमा नरहँदा सांसद पद धरापमा पर्ने कारणले गरिएको भएपनि माओवादी केन्द्रको नाममा पूर्वएमालेका नेता कार्यकर्ताहरू रहन नसक्ने अवस्थाका कारण पनि आएको मानिएको छ।

    स्रोतका अनुसार माओवादी केन्द्रले नाम फेर्न लागेको सुनेर माधवकुमार नेपाल समूहका नेताहरूले पनि सकारात्मक प्रतिक्रिया जनाएका छन्। तर, त्यसको अर्थ उनीहरू फेरि प्रचण्डसँग मिलिहाल्छन् भन्ने होइन। तर आज बुटवल पुगेर प्रचण्डले माधवहरु एमालेमा गएर ओलीलाई निकाल्ने नसके हामी संगै आउने बताएका छन्। श्रोतका अनुसार माधव नेपालकै सल्लाहमा प्रचण्डले नाम फेर्न लागेका हुन। 

    माओवादी केन्द्रले अहिले नाम परिवर्तन गर्ने तयारी गर्नुको कारण गैरमाओवादी वा हिजो माओवादी मन नपराउने जमातलाई सहज बनाउनु पनि रहेको मानिएको छ।

    ‘अन्य पार्टीमा रहेका, स्वतन्त्र भएर बसेकाहरुलाई माओवादी बन्न नपर्ने गरी आफ्नो पार्टीमा आउने वातावरण तयार गर्न पनि नाम परिवर्तन गरेर जानुपर्ने सुझाव आएको’ स्थायी समिति सदस्य कृष्णबहादुर महराले बताए।

    ‘अदालतले ब्युँताएको माओवादी केन्द्रको नाम लिएर जनतामा जानुभन्दा नयाँ नाम बनाउन छलफल भएको छ। तर, निष्कर्षमा पुगिएको छैन,’ महराले भने, ‘हामीले तीन वर्षअघि नेकपा बनाउँदा नै माओवादी केन्द्र बिर्सेका छौँ। अदालतले ब्युँतायो भन्दैमा पश्चगमनमा फर्कने कुरा हुँदैन भन्ने साथीहरुको राय छ।’

    एमाले, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलबाट समेत नेताहरुलाई आउन सहज हुनेगरी नाम परिवर्तन गर्नुपर्ने जोड केही नेताहरूको छ।

    उता आज बुटवलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र आफ्नै खुट्टामा उभिन नसक्दा पटक–पटक धोका खाएको बताएका छन्। उनले अग्रगमनका लागि नेपाली कांग्रेस र एमालेसँग सहकार्य गरेको तर धोका खाएको बताए।

    नेकपा माओवादी केन्द्रको आयोजनामा बुटवलमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे प्रचण्डले अब माओवादी आफ्नै खुट्टामा उभिने प्रतिबद्धता जनाए।

    ‘आफ्नो खुट्टामा उभिन नसक्दा समस्या भयो। कहिले कांग्रेससँग मिल्ने त कहिले एमालेसँग मिल्ने कार्य भयो। तर, धोका भयो। माओवादी अब आफ्नै खुट्टामा उभिने प्रतिबद्धता गर्छ।’, प्रचण्डले भने।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १५:२५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij