२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले दिएको सुरक्षाकर्मी फिर्ता गरेका छन् । आफूलाई सरकारी सुरक्षा आवश्यक नभएको भन्दै विप्लवले सुरक्षाकर्मी फिर्ता गरेको उक्त पार्टीका एक नेताले बताए ।
प्रतिबन्ध फुकुवा भई शान्तिपूर्ण राजनीतिक गतिविधिमा आएका नेकपाका महासचिव विप्लवलाई सरकारले इन्स्पेक्टरको नेतृत्वमा १० सुरक्षाकर्मी दिएको थियो । सुरक्षाकर्मी दिए जस्तो गरेर विप्लबका गतिबिधि निगरानी गर्न ओलीले उर्दी दिएको चाल पाए पछि विप्लबले फिर्ता गरेका हुन । आइजीपी मार्फत विप्लब कहा गयो के गर्यो भन्ने जस्ता कुरामा ओलीले अनाबश्यक चासो राखेको विप्लब निकट श्रोतको भनाई छ।
सरकारले विप्लवलाई सुरक्षा थ्रेट रहेको भन्दै सुरक्षाकर्मी उपलब्ध गराएको हो । सुरक्षाकर्मीसँगै उनका लागि अगुवा गाडी पनि दिइएको थियो ।
विप्लवले आफूसँग नेता, कार्यकर्ता र जनता भएको भन्दै सुरक्षा आवश्यक नभएको जनाएका छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।
विप्लव सरकारसँगको सहमतिपछि २१ फागुनमा सार्वजनिक भएका थिए । सुरक्षासम्बन्धी कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीको हकमा मात्रै प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा प्रबन्ध गरिन्छ ।
कार्यविधि नै बनाएर सुरक्षाकर्मी फिर्ता बोलाएको सरकारले विप्लवको सुरक्षामा पूर्वप्रधानमन्त्रीसरह सुरक्षाफौज पठाउनुलाई अनौठो मानिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij