Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधवलाई के गर्ने भन्ने राय लिन ओलीले आफ्ना केन्द्रीय सदस्यको डाके बैठक, के-के छन् एजेन्डा ?

माधवलाई के गर्ने भन्ने राय लिन ओलीले आफ्ना केन्द्रीय सदस्यको डाके बैठक, के-के छन् एजेन्डा ?


  • 15.6K
    Shares

    माधवलाई के गर्ने भन्ने राय लिन ओलीले आफ्ना केन्द्रीय सदस्यको डाके बैठक, के-के छन् एजेन्डा ?

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा बोलाएर छलफल गर्दै छन् । त्यसका लागि केन्द्रीय सदस्यहरू बालुवाटार पुग्‍नेक्रम जारी छ ।

    नेकपा एमालेको नवौ महाधिवेशन र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनौपचारिक छलफल गर्न बोलाएको स्रोतले जनाएको छ । ओलीले माधव नेपाल लगायतका नेतालाई के गर्दा ठिक हुन्छ भनेर राय लिन केन्द्रिय सदस्यहरुलाई बालुवाटार बोलाएको ओली निकट एक नेताले जानकारी दिए। 

    एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीका निधन भएका र रिक्त रहेका बाहेक सदस्यहरूमध्ये १०५ जना सदस्य ओली पक्षमा छन् । यसबीचमा माधव नेपाल पक्षले केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेको थियो ।

    ओलीले यसअघि माओवादी केन्द्रबाट सरकारका प्रतिनिधित्व गर्ने नेताहरुसँग छलफल गरेका थिए । आन्तरिक छलफलपछि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक चैत १ गते बोलाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १३:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij