Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

यस्तो छ आज बिहीवारको मौसम पूर्वानुमान

यस्तो छ आज बिहीवारको मौसम पूर्वानुमान


  • 2.3K
    Shares

    यस्तो छ आज बिहीवारको मौसम पूर्वानुमान
    images

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ ।

    यस्तै, राती देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो समय तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ ।

    काठमाडौँ उपत्यकाको अहिले बिहानको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । आज बिहान सूर्योदय ६ बजेर ४६ मिनेट र सूर्यास्त ५ बजेर १० मिनेटमा हुनेछ । 

    प्रकाशित मिति :मंसिर २८ २०८० बिहिवार - ०६:३४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij