Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विप्लबको यस्तो उजुरीपछि प्रचण्डले गरेको १९ अर्ब घोटालाको फाईल खोल्दै अख्तियार 

विप्लबको यस्तो उजुरीपछि प्रचण्डले गरेको १९ अर्ब घोटालाको फाईल खोल्दै अख्तियार 


  • 23.4K
    Shares

    विप्लबको यस्तो उजुरीपछि प्रचण्डले गरेको १९ अर्ब घोटालाको फाईल खोल्दै अख्तियार 

    काठमाडौँ । महासचिव नेत्रबिक्रम चन्द्र विप्लवले माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा १९ अर्ब रुपैयाँ भ्रष्टाचार भएको प्रसंग फेरि झिकेका छन्। श्रोतका अनुसार विप्लबका पार्टीका केही नेताले अख्तियारमा फेरी छानबिनको माग गर्दै उजुरी हाल्दैछन् त्यसैका आधारमा प्रचण्ड बिरुद्दको फाईल अख्तियारले खोल्ने भएको छ। 

    आफू नेतृत्व नेकपा निकट अनेमसंघ क्रान्तिकारीको सातौँ महाधिवेशनलाई सम्बोधनका क्रममा उनले आफ्नो संघर्ष भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै जनमुक्ति सेनाको शिविरमा पनि ठूलो रकम भ्रष्टाचार भएको बताएका थिए ।

    तत्कालीन माओवादीका नेता समेत रहेका चन्दले २० हजार जनमुक्ति सेनाबाट प्रत्येक महिना पाँच हजार रुपैयाँका दरले क्रान्तिका लागि भनेर उठाइए पनि त्यसको हिसाबकिताब स्पष्ट नभएको उल्लेख गरे।

    विप्लवले भने, ‘जनमुक्ति सेनाको पैसामा भ्रष्टाचार भएको छ। २० हजार जनाको हिनामिना भयो। हिजो एक जनाको पाँच हजार काटेर १९ अर्ब खायो भनेर अहिले पनि बाहिर चर्चा छ।’

    महासचिव चन्दले अहिले राष्ट्रिय राजनीतिको मुख्य विषय नै भ्रष्टाचार भएको उल्लेख गर्दै प्रचण्ड र केपी ओलीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाएको स्मरण गरे। ‘प्रचण्डले ओलीविरुद्ध १९ पृष्ठको भ्रष्टाचारको आरोप लगाए। ओलीले म त के हुँ र सबै तिम्रो मान्छे हुन् भने। भ्रष्टाचारको अवस्था यस्तो छ’, चन्दले भने ।

    उनले आफ्नो पार्टीले भ्रष्टाचार विरुद्ध संघर्ष गर्दा प्रतिबन्ध लाग्दा पनि संघर्ष जारी राखेको दाबी गरे । चन्दले भने, ‘हामीमाथि प्रतिबन्ध लागेपछि गाउँमा गयौँ, रुखका बुटामा सुत्यौँ। भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ । अहिले हामी त्यही एजेण्डा बोकर शहर फर्कियौँ ।’

    उनले आफूहरु पूर्वप्रतिबद्धताबाट पछाडि नफर्किने बताए। ‘हामी त्यस्तै हुँदैनौँ। दश वर्षे लडाईंको प्रतिबद्धता, किसान मारिएको, सहिदका सपना पूरा गर्नुपर्छ, प्रतिबद्धता भुल्दैनौ,’ चन्दले भने ।

    प्रकाशित मिति :फाल्गुण २७ २०७७ बिहिवार - १२:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij